मलद्वारमा हुने आम समस्या फिसर, के छ उपचार ?

मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि फिसर ।

यो पनि पायल्स जस्तै देखिन्छ । तर फिसरको प्रकृति र उपचार फरक हुन् । फिसरको बारेमा त्यति चर्चा हुने गरेको छैन, जति पायल्सको । त्यसैले यसबारे पनि बुझ्न जरुरी छ ।

के हो फिसर ?

सामान्य भाषामा भन्नुपर्दा मलद्वार वरिपरि च्यातिनु वा फाट्नु फिसर हो । जसरी ओठ फाट्छ, त्यसरी नै मलद्वार फाटिने अवस्थालाई फिसर भनिन्छ । अर्थात् दिसा गर्ने ठाउँमा बन्ने घाउलाई नै फिसर भनिन्छ ।

यसको प्रमुख कारण कब्जियत हो तर बारम्बार शौचालय जानुपर्ने अवस्था पनि फिसर हुनसक्छ । त्यसबाहेक अत्यधिक जंकफुड खाने, तारेको, भुटेको पोलेको खानेकुरा खाने र माछामासु बढी खानेलाई यो हुनसक्छ ।

कति प्रकारको हुन्छ फिसर ?

एक्युटफिसर : मलद्वारमा दुई-चार दिनदेखि एक महिनासम्म हुने अवस्थालाई एक्युटफिसर भनिन्छ । यसमा मलद्वारको बाहिर वा भित्री भागमा मासु पलाउने वा घाउ हुने गर्छ । यसको समयमा उपचार नभएको अवस्था क्रोनिक फिसर हुनसक्छ ।

क्रोनिकफिसर : ६ महिनादेखि एक वर्षसम्म दिसा गर्दा मलद्वारमा दुखाइ भइरहने अवस्थालाई क्रोनिक फिसर भनिन्छ । यसमा समयअनुसार फिसर विकसित हुँदै जान्छ । यसमा बाहिर छाला पलाएको हुन्छ । त्यसलाई जाँच नै पायल्स भनेर औषधि खाने गरिन्छ । संक्रमण भएको अवस्थामा फिसर बिग्रेर फिस्टुला हुनसक्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *